यी रोगलाई अमला फाइदाजनक

विहीबार, १४ चैत्र २०७५, २२ : ०७
यी रोगलाई अमला फाइदाजनक

डायबेटिज बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन्छ । पायल्स सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ । नाकबाट रगत बग्ने नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ । मुटुरोग मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ । रुघाखोकी रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ । पिसाब पोल्ने अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ । पत्थरी पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस