किन पर्छ कपालमा चाया ?

पत्रपत्रिकाबाट

विहीबार, १४ चैत्र २०७५, ०७ : ४७
किन पर्छ कपालमा चाया ?

जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ ।
 
कारण
सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । 
शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ । 
सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ । 

बच्ने उपाय
 सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ । भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पु-याउनुपर्छ । नयाँ पत्रिका
 

प्रतिक्रिया दिनुहोस