फेसबुकको फिड स्क्रोल गर्दा गर्दै आफैं भिडियोहरु प्ले हुनेगर्छन - यस फिचरलाई अटो प्ले अर्थात् स्वत भिडियो प्ले हुने फिचर भनिन्छ । यस फिचरको मुख्य हेतु नै प्रयोगकर्ताको ध्यानाकर्षण गर्नु हो जसबाट प्रयोगकर्ताले फेसबुकमा धेरै समय बिताउने छन् ।
फेसबुकमा अटोप्ले फिचर बन्द गर्ने तरिका
यदि तपाईं फेसबुक लाइट एप चलाउनु हुन्छ भने तपाईंले अटोप्ले फिचरको बारेमा चिन्ता लिईरहनु पर्दैन । साधारण अर्थात् पूर्ण फिचर भएको फेसबुक एपमा अटोप्ले फिचर बन्द गर्नका लागि तल लेखिएको तरिका अपनाउनुहोस्:
१. आइफोन र आइप्याडका लागि
स्क्रिनको तल पट्टि भएको मेनुलाई सेलेक्ट गर्नुहोस्
“Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस्
त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस्
“Videos and Photos.” (भिडियो र फोटो) को अप्सनमा टच गर्नुहोस्
Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नुहोस्
२. एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटका लागि
स्क्रिनको माथि पट्टिको दाहिने भागमा भएको मेनुलाई सेलेक्ट गर्नुहोस्
“Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस्
त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस्
Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नु, उक्त अप्सनमा “Never Autoplay Videos.” मा चयन गर्नुहोस्
नागरिक बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ चैत्र २०७५, २१ : ५१
लेखकबाट थप