सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालद्धारा सातओटै प्रदेश प्रहरी कार्यालयमा पत्राचार (पत्रसहित)

बुधबार, ०३ माघ २०७४, १७ : ३३
सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालद्धारा  सातओटै प्रदेश प्रहरी कार्यालयमा पत्राचार (पत्रसहित)

काठमाडौं । पूर्व डिआईजी एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ ।

बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातओटै प्रदेश प्रहरी कार्यालयलाई  पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो ।

अपराध अनुसन्धान विभागका इन्स्पेक्टर मदन कुँवरले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘भूपू प्रनामनी नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

यसअघि काठमाडौं प्रहरीमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्न भन्दै काठमाडौं प्रहरीले सिलवाललाई पक्राउ गरेर बुझाउन ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो ।

ललितपुरको गोदावरी स्थायी ठेगाना भएका सिलवाल आफ्नो घर ठेगानामा फेला नपरेको भन्दै लतिलपुर प्रहरीले जवाफी पत्र पठाएसँगै काठमाडौं प्रहरीले उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएको थियो । प्रहरीले पक्राउ गर्न लागेको सुँईको पाएसँगै भारतको बाटो हुँदै नेपाल बाहिरिएका सिलवाल नेपाल फर्केका छैनन् ।

प्रतिक्रिया दिनुहोस