सोनम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा

बुधबार, ०३ माघ २०७४, १५ : ५२
सोनम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा

सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले विदा स्विकृत गरेको बताए। उनले भने, 'पूर्वनिर्धारित विदा अनुसार भोली पनि विदा हुने छ ।'

तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए । तामाङ समूदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार मनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस