अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीको राजीनामा

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १० : ५४
अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले नियुक्तिको चार महिनापछि नै राजीनामा दिएका हुन् । 
मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ जना बच्चाको मृत्यु भएको थियो । अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने ट्युनिसियाको पेडियाट्रिक सोसाइटीले जनाएको छ । औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको प्रधानमन्त्री युसुफ छेडले बताएका छन् । ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकामा उत्कृष्ट मानिन्छ । चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोतको रुपमा रहेको छ । तर आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभावलगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ । राष्ट्रपति जिन अल अबिदिनको सन् २०११ मा सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । 
 

प्रतिक्रिया दिनुहोस