भ्रष्टाचार रोक्न नसकेको भनी चौतर्फी आलोचना भएपछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी

शनिबार, २५ फागुन २०७५, १७ : ३२
भ्रष्टाचार रोक्न नसकेको भनी चौतर्फी आलोचना भएपछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

लिमा । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ । प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो । 

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिनुभएको हो । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस