वासिङ्टन । एक जना अमेरिकी सिनेटरले आपूm अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।
आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ ।
सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उहाँले सो कुरा बताउनुभएको हो ।
सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताउनुभएको छ । एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत हुनुहुन्थ्यो ।
उहाँ कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइएको छ । आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याउनु भएको हो ।
‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो ।
म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ ।म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ फागुन २०७५, १६ : ५५
लेखकबाट थप