काश्मिरमा भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते

एजेन्सी

विहीबार, २३ फागुन २०७५, १६ : ४२
काश्मिरमा भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते

श्रीनगर । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । 

जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ । 

घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।  (रासस /सिन्हवा)

प्रतिक्रिया दिनुहोस