देशको रक्षाका लागि आतंकवादीलाई घर–घरमा छिरेर मार्नेछौं : प्रधानमन्त्री मोदी

बुधबार, २२ फागुन २०७५, १९ : ०५
देशको रक्षाका लागि आतंकवादीलाई घर–घरमा छिरेर मार्नेछौं : प्रधानमन्त्री मोदी

file photo

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको रक्षाका लागि आतंकवादीलाई घर–घरमा छिरेर  मार्ने चेतावनी दिएका छन् । 

दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक –यालीलाई सम्बोधन गर्दे मोदीले भने‘भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशको लागि दुर्भाग्य हो । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ । छानी–छानी हिसाब लिनु मेरो विशेषता हो । ’

‘अब घर–घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, ’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । ’

मोदीले आतंकवादीलाई पातल मुनी गएर भए पनि मार्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस