ओसामाका छोरा हमजामाथि राख्यो ११ करोड रुपैयाँ इनाम

एजेन्सी

शुक्रबार, १७ फागुन २०७५, १० : ५७
ओसामाका छोरा हमजामाथि राख्यो ११ करोड रुपैयाँ इनाम

अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा  हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरे ।

जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ ।

प्रतिक्रिया दिनुहोस