‘भारत र पाकिस्तानबीच तत्काल सम्झौताको कुनै सम्भावना छैन’

विहीबार, १६ फागुन २०७५, १५ : ३८
‘भारत र पाकिस्तानबीच तत्काल सम्झौताको कुनै सम्भावना छैन’

कश्मीरको पुलवामामा सीआरपीएफको कारगेडमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तत्काल सम्झौता हुने सम्भावना कम देखिएको छ ।  दुई देशबीच बढ्दो तनावको सिलसिला १४ फेब्रुअरीबाट पुलवामामा भएको आत्मघाती हमलापछि सुरु भएको हो ।  भारतीय प्रशाशित कश्मीरको पुलवामा आत्मघाती आक्रमण भएको आज १४ दिन पुगिसकेको छ ।  यस बीचमा दुवै देश वार्ता, मेलमिलाप गर्ने भन्दा प्रतिरोधमा उत्रिएकाले सम्बन्धमा तनाव उत्पन्न भएको छ । दुबै देशका नेतृत्वहरु विना सोच विचार प्रतिरोधमा उत्रिएकाले समस्या थप जटिल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस