पाकिस्तानी सेनाले भन्यो 'आत्मरक्षाका लागि भारतीय लडाकु विमान खसाल्यौँ'

एजेन्सी

बुधबार, १५ फागुन २०७५, १९ : १५
पाकिस्तानी सेनाले भन्यो 'आत्मरक्षाका लागि भारतीय लडाकु विमान खसाल्यौँ'

इस्लामावाद । पाकिस्तानाको वायुसेनाले भारतका दुईओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  पक्राउ पर्ने पाइलट विङ कमाण्डर अभिनन्दन रहेको समेत बताइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताएका छन् । उनले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए  ।

 भारत सरकारले पनि पाकिस्तानले आफ्नो लडाकु विमान खसालेको स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

उनले भारतले पनि पाकिस्तानी लडाकु विमान खसालेको दाबी गरेका छन् । सो क्रममा भारतले पनि एकजना पाइलटलाई नियन्त्रणमा लिएको जनाइएको छ । पाकिस्तानले आफ्नो पाइलट पक्राउ परेको विषयमा अध्ययन भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस