करेन्ट लागेर एकको मृत्यु

आइतबार, ३० पुस २०७४, १२ : १८
करेन्ट लागेर एकको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस