दश वर्षभित्र देशको विकास नयाँ चरणमा : प्रचण्ड

विहीबार, २४ माघ २०७५, १४ : २५
दश वर्षभित्र देशको विकास नयाँ चरणमा : प्रचण्ड

भरतपुर । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य, पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताउनु भएको छ ।
बिहीबार भरतपुर १० स्थित सृजनाचोकमा आजोजित माडीका कम्युनिष्ट स्र्वगीय नेता भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।

“अब दश बर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ, उहाँले भन्नुभयो,“देशले लामो समयको युगन्तकारी परिर्वतन गरिसकेको छ । यो सबै परिवर्तनकारी युद्धाहरुको योगदान हो ।”
अध्यक्ष प्रचण्डले नयाँ पुस्ताको लागि धेरै वर्ष पछाडिलाई हुने नयाँ सिस्टम बनाउने भइसकेको बताउनुभयो । केही वर्षको बीचमा देशमा भएको परिवर्तनले यो अवस्थासम्म आई पुगेको उहाँको भनाई छ ।

“भुवानीप्रसाद पौडेलबाट हामीले राम्रो कामको प्रेरणा,अनुसरण गर्नुपर्छ” उहाँले भन्नुभयो,“पौडेलले समाजवाद र समृद्धिको यात्रा तय गर्न महत्वपूर्ण योगदान दिनुभएको छ ।”


प्रचण्डले दिवंगत पौडेलसँग ५० वर्षअघि पार्टीको कार्यक्रमका समयमा भेट भएको स्मरण गर्नुभयो । देशको परिवर्तनका लागि पौडेलले जीवनभर समर्पित भई अन्तिम घडीसम्म लाग्नुभएको उहाँको भनाई थियो । लामो समयदेखी क्यान्सरबाट पीडित पौडेलको यही माघ १९ गते मृत्यु भएको थियो ।
स्र्वगीय पौडलले दिवाकर स्मृति विद्यालयका सस्ंथापक, साविक बघौडा गाविसका पूर्वअध्यक्ष, बघौंडा मध्यवर्ती उपभोक्ता समितिका संस्थापक सदस्य, नेपाल रेडक्रस सोसाइटकिा आजीवन सदस्य, कृषि उपज संकलन केन्द्र माडीका अध्यक्ष रहनुभएको थियो । समाजसेवी पौडेलको विस २००५ मंसिर २७ गते स्याङ्जा जिल्लाको चौतारी गाविसमा जन्म भएको थियो । उहाँको एक धर्मपत्नी,दुई छोरा, दुई बुहारी,दुई नाति र एक नातिनी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस