क्रान्तिको एउटा चरण पूरा भयो : डा भट्टराई

मंगलबार, २२ माघ २०७५, १९ : ५५
क्रान्तिको एउटा चरण पूरा भयो : डा भट्टराई

फाईल तस्विर

रामेछाप । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताउनुभएको छ । उहाँले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गर्नुभयो ।

जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले आज राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नुपर्ने बताउनुभयो ।

डा भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गर्नुभयो । डा बाबुराम भट्टराई जनसंवाद अभियानअन्तर्गत पूर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै नवौँ दिनका दिन रामेछाप आइपुग्नुभएको छ । एकमहीने अभियानमा निस्कनुभएका डा भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस