आमाका दुई फिल्म गर्न चाहन्छिन् सारा

मंगलबार, २२ माघ २०७५, १९ : ३१
आमाका दुई फिल्म गर्न चाहन्छिन् सारा

सारा अली खानले गत वर्ष लगातार दुई हिट फिल्म दिइन् । सुशान्त सिंह राजपुतसँगको ‘केदारनाथ’ र रणवीर सिंहसँगको ‘सिम्बा’ हिट भयो । उनी पनि एकाएक चर्चामा आइन् । मिडियामा लगातार अन्तर्वार्ता आएपछि उनी पनि चर्चामा आइरहेकी छिन् ।

पत्रकारले उनको हिन्दी भाषामाथिको पकड र आत्मविश्वासको तारिफ गरिरहेका छन् । मिडियामा उनले पनि विविध विषयको खुलासा गरिरहेकी छिन् । हालै सारा अली खानले बम्बै टाइम्ससँग कुराकानीका क्रममा उनले आफ्नो आमाको दुई फिल्म ‘चमेली की शादी’ र ‘आइना’ मा काम गर्न चाहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म जति नै राम्रो अभिनय किन नगरूँ, तर आमाको स्थान लिन सक्दिनँ ।’

साराले आफ्नो प्रैमसम्बन्धबारे पनि खुलासा गरेकी छिन् । उनले भनेकी छिन्, ‘जोसँग मैले डेट गरिरहेकी छु, ऊभन्दा अरू कोहीसँग पनि मैले डेट गरेको छैन ।’ उनी पूर्व भारतीय गृहमन्त्री सुशील कुमार सिन्देको नातिसँग प्रेममा छिन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस