ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

मंगलबार, २२ माघ २०७५, ०८ : ५३
ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

अक्षय कुमार–शिल्पा सेट्टी
अक्षय कुमार र शिल्पा सेट्टीको प्रेमसम्बन्धले बलिउडमा खुब चर्चा पाएको थियो । यी दुईले केही फिल्ममा सँगै काम गरे । ‘मै खिलाडी तु अनाडी’ र ‘धड्कन’ जस्ता सफल फिल्ममा पनि देखिए । तर, यी दुईको सम्बन्ध भने लामो समय चलेन । एक समय यस्तो पनि आयो कि दुईले एक–अर्काको कुरा सुन्न पनि चाहँदैनथे । सम्बन्धविच्छेदपछि शिल्पाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘अक्षय कुमारले कसैका लागि भनेर मलाई धोका दिएका छन् र अब म उसको साथमा कहिल्यै काम गर्न चाहन्नँ ।’

ऋतिक रोशन कंगना रनौत
कंगना रनौत र ऋतिक रोशनको विवादले मिडियामा खुब चर्चा पायो । अहिले पनि कहिलकाहीँ चर्चा पाउने गर्छ । यी दुई एक–अर्काविरुद्ध खुलेर बयान दिँदै हिँडेका थिए । एक अन्तर्वार्तामा कंगनाले भनेकी थिइन्, ‘ऋतिक र उसको पिता मेरो छवि खराब गर्ने कोसिस गरिरहेका छन् ।’ कंगना विवादास्पद अभिव्यक्तिका कारण अहिले पनि चर्चामा आइरहन्छिन् ।

 

साजिद खान र ज्याकलिन फर्नान्डिज
साजिद खान र ज्याकलिन फर्नान्डिजको सम्बन्ध लामो समय चल्यो । तर, यी दुईको जीवनमा यस्तो मोड आयो, दुवै आ–आफ्नो बाटो लागे । यहाँसम्म कि साजिदले आफ्नो फिल्म ‘हिम्मतवाला’ फ्लप हुनुको कारण ज्याकलिन भएको आरोप लगाएका थिए । अहिले भने केही अभिनेत्रीले साजिदमाथि यौन शोषणको आरोप लगाएका छन् । यही आरोपका कारण साजिदले ‘हाउसफुल ४’ फिल्म छाड्नुपरेको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस