करिनालाई श्रीमती बनाउन चाहन्छन् सिद्धार्थ

सोमबार, २१ माघ २०७५, ०८ : २१
करिनालाई श्रीमती बनाउन चाहन्छन् सिद्धार्थ

बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा हालै करण जौहरको सो ‘कफी विथ करण’मा गएका थिए । सिद्धार्थको साथमा आदित्यराय कपुर पनि थिए । सोको नयाँ प्रोमो सार्वजनिक भएको छ ।

प्रोमोमा करण दुवै कलाकारसँग र्‍यापिड फायर खेल्दै गरेको देखिन्छन् । जसमा सिद्धार्थले आफू करिना कपुरको श्रीमान् बन्ने चाहना व्यक्त गरेका छन् । करणले सिद्धार्थलाई सोधेका थिए, ‘को कलाकारलाई आफ्नो भाइ बनाउन चाहनुहुन्छ ?’ यसमा सिद्धार्थले आफू सैफअली खानको भाइ बन्न चाहेको बताएका छन् । यसपछि सिद्धार्थलाई को अभिनेत्रीलाई आफ्नी पत्नी बनाउन चाहनुहुन्छ भन्ने सवालमा उनले भने, ‘म करिना कपुरलाई आफ्नी पत्नी बनाउन चाहन्छु ।’

अचेल सिद्धार्थ मलहोत्राको नाम मोडल कियरा आडवाणीसँग जोडिएर चर्चामा छ । तर, हालै कियराले सिद्धार्थसँगको प्रेमसम्बन्ध हल्ला मात्र भएको बताएकी थिइन् । अहिले प्रशान्त सिंहको फिल्म ‘बजरिया जोडी’को सुटिङमा सिद्धार्थ व्यस्त छन् । फिल्ममा सिद्धार्थको साथमा परिणिती चोपडा देखिँदै छिन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस