चितवन । विप्रेषणको क्षेत्रमा काम गर्दै आईरहेको ‘आइपे रेमिट’ ले आफ्ना उत्कृष्ट सेवा केन्द्रका प्रतिनिधिहरुसँग छलफल गरको छ ।
सौरहामा आयोजना भएको सो भेलामा नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषणको नयाँ नियमबारे जानकारी गराईएको आईपे रेमिटका बजार प्रबन्धक रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सब–एजेण्टहरुसँग प्रत्यक्ष सात्क्षातकार गरी सल्लाह सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।
एक दिनसम्म चलेको भेलामा चितवन, बारा, पर्सा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पाल्का १२० जना साझेदारहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रम विप्रेषणको कारोबार गर्दा सब–एजेण्टहरुले अपनाउनुपर्ने सावधानीको बारेमा आइपे रेमिटका कम्पलाईन्स म्यानेजर दिपक ठकुरी शाहले प्रशिक्षण दिनुभएको थियो । विप्रेषणको कारोबार गर्दा एजेण्टले दिर्घकालिन रुपमा समस्या नआउने गरी सेवालाई प्रवाह गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा आइपे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्माले कन्टिनेन्टल ग्रुपले नेपाल विभिन्न क्षेत्रमा दिदै आईरहेको सेवाको बारेमा जानकारी गराउनु भएको थियो । शर्माले सब–एजेण्टहरुको सुझावको आधारमा कम्पनीका नियमहरुलाई परिर्माजन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रिलाइबल नेपाल लाईफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले नेपालमा जीवन बीमको अवस्था, जीवन बीमाको आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले रिलाइबल नेपाल लाईफ इन्सुरेन्सले डेढ बर्षदेखि बीमाको क्षेत्रमा गर्दै आएको क्रियाकलाप, भावी उदेश्य, रणनीतिको बारेमा एजेण्टहरुलाई जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस