माओवादी मन्त्रीहरुले आज सरकार छाड्ने

विहीबार, २७ पुस २०७४, १६ : ४४
माओवादी मन्त्रीहरुले आज सरकार छाड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजनीनामा दिने भएका छन् । एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधाननम्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसिदिएका थिए । तर निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी मन्त्रीहरु बिनाविभागीयकै हैसियतमा सरकारमा रहेका थिए ।

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो । तर प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो ।

नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता कृष्णबहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस