काठमाडौं । एमबीबीएस परीक्षाको पश्नपत्र लिक गराएको आरोपमा विशेष अदालतले गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ ।
निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।
अदालतले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवाना फैसला सुनाएको हो । अदालतले शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस