राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

आइतबार, १३ माघ २०७५, १८ : ३८
राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो । (रासस)

प्रतिक्रिया दिनुहोस