बाराका सिडियो र सशस्त्रका एसपी चढेको गाडी दुर्घटना, एसपीको घटना स्थलमै मृत्यु

शनिबार, १२ माघ २०७५, २१ : ५८
बाराका सिडियो र सशस्त्रका एसपी चढेको गाडी दुर्घटना, एसपीको घटना स्थलमै मृत्यु

सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्रका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटनमा परेको छ । दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था चिन्ताजनक छ ।
घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

 उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस