काठमाडौं । एनआई सी एशिया बंैक लिमिटेडले काठमाण्डौंको शंखरापुर ६ साँखुमा अवस्थित भाग्योदय माध्यमिक विद्यालयलाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराजश्रेष्ठको विशेष आथित्यतामा शशि श्रेष्ठ, शिवराज श्रेष्ठ, तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु के.सी. र प्रधानाध्यापक श्री रुसण बसीलाई संयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गर्नुभएको छ ।
विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने हुनाले उक्त कार्यको शशी श्रेष्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एन आई सी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस