‘नेकपाले कांग्रेसलाई जिस्क्यायो, त्यसैले त्यो सकियो’

सफल खबर संवाददाता

शुक्रबार, ११ माघ २०७५, १७ : २९
‘नेकपाले कांग्रेसलाई जिस्क्यायो, त्यसैले त्यो सकियो’

काठमाडौं । नेकपा सरकार र सभामुखप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तिव्र असन्तुष्टि जनाएको छ ।प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले कांग्रेसको अवरोध र नाराबाजीबीच पनि नेकपाका संसदले चिकित्सा शिक्षा विधेयक पास गरेपछि कांग्रेसले असन्तुष्ट जनाएको हो ।

संसद बैठकपछि प्रतिकृया दिदै कांग्रेस सभापति  शेरबहादुर देउवाले प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरे ।  उनले विपक्षीले वेल घेराउ गर्दागर्दै अधिनायकवादी शैलीबाट विधेयक पास भएको बताए । ‘म प्रधानमन्त्री भएको बेला मनमोहन अधिकारीले वेल घेर्दा मैले वार्ता गरेर अगाडि बढेको हो । वार्ता गर्नुको साटो वेल घरेको बेला विधेयक पास गर्नुको साटो पास गरेको छ । यसबाट प्रष्ट भएको छ, यो सरकार अधिनायकवादी हो ।’ सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनको भनाइ छ ।

त्यस्तै काँग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको आरोप लगाए । नेता थापाले चिकित्सा शिक्षा विद्येयकलाई पेलेर पारित गरिएको आरोप लगाउँदै यसले सरकारले काँग्रेसलाई जिस्क्याउने काम गरेको बताए । उनले भने, ‘सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ । इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ । अब हामी सरकारलाई त्यही प्रकारले जवाफ दिनेछौ । यसको विमूल्य सरकार र सभामखुका लागि महंगो पर्ने छ । कम्युनिस्ट सरकारलाई बधाइ छ ।’ 

प्रतिक्रिया दिनुहोस