नेकपाका नेता श्रीनाथलाई क्यान्सर, उपचारका लागि सहयोग समिति गठन

शुक्रबार, ११ माघ २०७५, १७ : २३
नेकपाका नेता श्रीनाथलाई क्यान्सर, उपचारका लागि सहयोग समिति गठन

गाेरखा  । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका सचिव श्रीनाथ अधिकारी फोक्सोको क्यान्सरबाट पीडित भएका छन् । उनलाई चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिएको उनका छोरा तथा नेकपाका नेता नारायण अधिकारीले जानकारी दिए ।

नियमित उपचार गर्नु परेकाले उपचारका लागि क्रान्तिकारी माओवादीले ‘श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति’ गठन गरेको छ । मंगलबार पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पोलिटव्यूरो सदस्य दिनेश शर्मा, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, हुकुमबहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले पार्टीका पोलिटव्यूरो सदस्य दिनेश शर्माको नेतृत्वमा श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको हो ।

उक्त समितिका सदस्यहरुमा सुरेश श्रेष्ठ, हुुकुमबहादुर सिंह, प्रतापराज वन्त, रामबहादुर नेपाली, भक्ति लामिछाने, इन्द्र पोखरेल, हरिकृष्ण खनाल, हरिकृष्ण उपाध्याय, बालकृष्ण अछामी लगायत रहेका छन् । यो समितिले नेता अधिकारीको उपचारको लागि आर्थिक सहयोग जुटाउने क्रान्तिकारी माआवादीका स्थायी समिति सदस्य श्रीसले बताए ।

घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पोखराबाट थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल पठाएको थियो । कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेतृत्वको रुपमा स्थापित भएका नेता हुन् अधिकारी । उनि गोरखाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेता समेत हुन् । उनको घर जिल्लाकाे अजीरकोट गाउँपालिका, हंशपुरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस