चितवनमा प्रहरी जवानद्वारा आत्महत्या

शुक्रबार, ११ माघ २०७५, १७ : २०
चितवनमा प्रहरी जवानद्वारा आत्महत्या

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरीले बिहिबार आत्महत्या गरेका छन् । पूर्वी चितवनको जुटपानीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत सर्लाहीको श्रीनगर गाँउपालिका –७ का २८ बर्षीय प्रहरी जवान सन्तबहादुर आले मगरले उनी बस्दै आएको भरतपुर –१० स्याउली बजारमा रहेको डेरामा पासो लगाएर आत्महत्या गरेका हुन् । पारिवारिक झगडाका कारण मगरले आत्महत्या गरेको प्रहरीको अनुमान छ । शव पोष्टमाटका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस