चितवन । एक कृषकले उत्पादित तरकारीले बजार नपाएपछि आक्रोसित भई १६ कठ्ठामा लगाएको तरकारीमा डोजर लगाई नष्ट भएको छ। पूर्वी चितवनस्थित खैरहनी नगरपालिका–६ का कृषक पुरन महतोले उचित मूल्य नपाएको भन्दै बन्दा कउली र मुलामा डोजर लगाएर नष्ट गर्नुभएको हो ।‘गत बर्ष प्रतिकिलो १५ रुपैयाँमा बन्दा काउली बेचेको भएपनि अहिले प्रतिकेजी २ रुपैयाँमा खरिद गर्न व्यपारीले मानेनन्’,उहाँले भन्नुभयो, “कालिमाटी पुग्दापनि बन्दा काउलीले बजार नपाउने भएपछि डोजर लगाएरै नष्ट गर्नुप¥यो । अब अन्य खेती लगाउने सोचमा छु ।”
भारतीय बजारबाट ठूलो परिमाणमा तरकारी आउन थालेपछि नेपालीले उत्पादन बजार नपाएको उहाँले गुनासो गर्नुभयो । महतोले नेपाली कृषकले उत्पादन गरेको तरकारीहरु अहिले बारीमै कुहिएर गईरहेको बताउनुभयो । नेपाल सरकारले भारतबाट भित्रिने तरकारीलाई नियन्त्रण गर्न नसके नेपाली कृषकहरु विस्थापित हुने अवस्था आएको उहाँले बताउनुभयो ।
महतोले हाल ५ बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकोमा १६ कठ्ठामा डोजर लगाएर तरकारी नष्ट गरेका छन् । बाँकी १९ कठ्ठाको तरकारीले उचित मूल्य नपाए डोजर लगाएरै तरकारी नष्ट गर्ने जानकारी दिनुभयो । तरकारी खेती गरी महतोले बार्षिक ७ लाख सम्म आम्दानी गर्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस