तेस्रो अन्तराष्ट्रिय कृषि प्रदर्शनी

कृषिमा यन्त्रिकरण गरौँ, निर्वाहमूखीबाट व्यवसायीक बनौँ (कृषि प्रदर्शनीको १४ फोटो)

शुक्रबार, ११ माघ २०७५, १५ : १७
कृषिमा यन्त्रिकरण गरौँ, निर्वाहमूखीबाट व्यवसायीक बनौँ (कृषि प्रदर्शनीको १४ फोटो)

भरतपुर । चितवन एक्सपो सेन्टरमा शुक्रबारदेखि तेस्रो अन्तराष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा कृषि, पोल्ट्री तथा डेरीसम्बन्धि १५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीको शुक्रबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभयो ।
मन्त्री लामाले कृषिलाई निर्वाहमूखीबाट व्यववसायीकतर्फ लैजान सामूहिक खेतीमा कृषकहरु लाग्नुपर्ने बताउनुभयो । व्यवसायीक खेती गर्न यन्त्रिकरणको विकल्प नरहेको उहाँको भनाई थियो ।
तीन दिनसम्म चल्ने प्रर्दशनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीहरुको सहभागिता छ । एक लाख जना भन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । यसअघि राजधानीमा प्रदर्शनी हुने गरेको भएपनि पहिलो पटक चितवनमा आयोजना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस