भरतमोहन सीसीयूमा, नेकपाले निकाल्यो यस्तो विज्ञप्ति

विहीबार, १० माघ २०७५, १७ : ०१
भरतमोहन सीसीयूमा, नेकपाले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सीसीयूमा सारिएको छ ।

मुटु, श्वासप्रश्वास र छातिको संक्रमणको उपचारका लागि माघ २ गते मेडिसिटी अस्पतालमा भर्ना भएका अधिकारीलाई बुधवार रातिदेखि सीसीयूमा राखेर उपचार गरिएको हो ।

नेकपा महासचिव विष्णु पौडेलले बिहीवार एक विज्ञप्ति जारी गरी अधिकारीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘पूर्व उपप्रधानमन्त्री तथा हाम्रो पार्टीका नेता कमरेड भरतमोहन अधिकारी यही माघ २ गते राति १२ बजे मुटु, श्वासप्रश्वास र छातिको संक्रमणको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ । हिजो माघ ९ गतेदेखि उहाँलाई सीसीयूमा राखेर उपचार भइरहेको छ । ८२ वर्षीय कमरेड अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्य लगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कमरेड भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

हेर्नुहोस्, विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस