'सहयोग गर्नका लागि हामी अर्बपति नै हुनुपर्छ भन्ने छैन'

बुधबार, ०९ माघ २०७५, २१ : २२
'सहयोग गर्नका लागि हामी अर्बपति नै हुनुपर्छ भन्ने छैन'

अमिर रामदाम
चितवन । लण्डन अस्थायी बसोबास गर्ने स्थायी घर काठमाडौँ भएकी सृजना थापा र विराटनगर स्थायी घर भएकी शोभा घतान गौतमको सक्रियतामा दुई दिनमा संकलन गरिएको नगद रू एक लाख रूपैयााँ तातो तेलमा परेर उपचाररत २२ महिने बालिका सिम्रन पौडेलको घरपरिवारलाई आज चितवन क्षेत्रपुर निवासी सिमा घतानेद्वारा हस्तान्तरण गरिएको छ ।
सो रकम हस्तान्तरण गर्दै सिमा घतानेले सहयोग गर्नकालागी हामी अर्बपति नै हुनुपर्छ भन्ने छैन केवल सहयोगी मन भए पुग्छ भन्ने कुरा जिकिर गरेकी छिन् । उनले साेे रकम बालिकाको भविष्य सहजरूपमा बितोस भन्दै दुखेको घाउमा सानो मलहम लगाएको बताईन् ।
सो रकम स्वर्ण खबर मिडिया प्रालिका अध्यक्ष अमिर रामदामको रोहवरमा हस्तान्तरण गरिएको हो ।  सहयोग रकम बुझ्दै सिम्रनकी आमाले सहयोग गर्नै सबै दाताहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस