प्रचण्डलाई जेल हाल्ने सपना नदेख्न डा. केसीलाई  नेता भट्टराईको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०९ माघ २०७५, १८ : १६
प्रचण्डलाई जेल हाल्ने सपना नदेख्न डा. केसीलाई  नेता भट्टराईको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर प्रचण्डलाई नै जेल हाल्ने सपना नदेख्न डा. गोविन्द केसीलाई चेतावनी दिएका छन् । 

बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले द्वन्द्वकालका मुद्दा उठाएर केसीले गल्ती गरेको आरोप लगाए । 
केसीले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेकाका कारण आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको र अब पछि हट्नुको विकल्प नरहेको भट्टराईले बताए ।

अब केसीले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु उठाएर अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु भन्नु बेग्लै कुरा भएको नेता भट्टराईको भनाइ छ । 

फरक प्रसंगमा नेता भट्टराईले सेनामा समायोजन भएका माओवादी लडाकुलाई कांग्रेसले फिर्ता लैजाउ भन्नु आपत्ति जनक कुरा भएको बताए । कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजय गच्छदारले संसदमा माओवादी लडाकुलाई सेनाबाट फिर्ता लैजान भनेका थिए । 

प्रतिक्रिया दिनुहोस