जापानीज प्रतिनिधि मण्डललाई भरतपुर महानगरमा स्वागत

मंगलबार, ०८ माघ २०७५, १६ : ४१
जापानीज प्रतिनिधि मण्डललाई भरतपुर महानगरमा स्वागत

चितवन । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई मंगलबार भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ । देशकै मध्यभागमा अवस्थित भरतपुर महानगरपालिकासँग  भगिनी सम्बन्ध कायम गर्ने गृहकार्य स्वरुप जापानको योकोसुका नगरको प्रतिनिधी मण्डल भरतपुर आई पुगेको हो ।
जापानी प्रतिनिधी मण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले  जापान  नेपालको असल र सहयोगी मित्र भएको बताउनुभयो ।
उहाँले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावले आफू खुसी भएको बताउनुभयो । सम्बन्ध स्थापित गर्न आवश्यक प्रकृया पुरा गरी छिट्टै योकोसु नगरलाई जानकारी दिने बताउनुभयो ।
कार्यक्रममा जापानी प्रतिनिधी मण्डलका प्रमुख योचिमी योटिकाले योकोसु नगर भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै अवलोकनपछि जापान गएर आवश्यक प्रकृया पुरा गरी छिट्टै दुई पक्षीय सम्झौता गर्ने बताउनुभयो ।
नेपाल र जापानबीच बर्षौदेखिको मित्र रहेको सहयोगी र असल मित्र रहेको बताउँदै भरतपुरको विकासमा आफूहरु सहयोगी हुन इच्छुक रहेको बताउनुभयो । जापानले नेपालको विकासमा सधै सहयोग गरिरहेको बताउँदै उहाँले नेपाली जनता र जापानी जनताकाबीचमा जनस्तरको सम्बन्ध रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भगिनी सम्बन्ध कायम गर्न ‘एमओयु’ तयारीको लागि आएको जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई भरतपुर महानगरपालिकाको बारेमा जानकारी दिनुभएको थियो ।


सो अवसरमा जापानी प्रतिनिधि मण्डललाई भरतपुर महानगरपालिकाको भौगोलिक अवस्था, जनसंख्या, भरतपुरले पूर्वाधार विकासको क्षेत्रमा गरेका कामहरुका साथै अगाडि सारेका ठूला पूर्वाधारको बारको जानकारी गराइएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रशासन प्रमुख कुलबहादुर जिसी, सुचना अधिकारी मेनुका पण्डित लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भरतपुरको पर्यटकीय विकासका बारेमा जापानी प्रतिनिधिहरूले जिज्ञासा राखेका थिए ।
जापानी प्रतिनिधिमण्डलले सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग काठमाण्डाँैमा भेटघाट गरि द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए । सो अवसरमा महानगरपालिका प्रमुख दाहालले जापानको योकोसुका नगरबाट भगिनी सम्बन्धको प्रस्तावले आफूलाई खुसी लागेको बताउँदै आफूहरु सम्बन्ध स्थापित गर्ने तयारीमा लाग्ने बताउनुभयो ।


कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पाखरेलले जापान सरकारले नेपालको विकासमा ठूलो योगदान पु¥याएको बताउँदै भगिनी सम्बन्ध विस्तारले दुई नगबासीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनु भएको थियो ।
ओमिची योटुकाको नेतृत्वमा आएको ७ सदस्यीय प्रतिनिधिमण्डल भरतपुर महानगरपालिकाको मूख्य पर्यटकीय केन्द्र मेघौली ,पटिहानी क्षेत्रको अवलोकन गरी बुधबार काठमाण्डौँ फर्कने छ ।

 

प्रतिक्रिया दिनुहोस