‘रवि लामिछानेको तेस्रो विहे ९ महिने सरकार जस्तो नहोस्’

मंगलबार, ०८ माघ २०७५, १२ : ४२
‘रवि लामिछानेको तेस्रो विहे ९ महिने सरकार जस्तो नहोस्’

चितवन । पत्रकार रवि लामिछानेले नयाँ जीवन सुरु गरेका छन् । २५ बर्षे लामो वैवाहिक जीवनलाई बिट मार्दै सोमबार चलचित्र विकास बोर्डकी अध्यक्ष निकीता पौडेलसँग अदालती विहे गरेका हुन् । पौडेलसँग तेस्रो विवाह भएकाले शुभचिन्तकहरुले विवाहको शुभकामनासँगै सम्बन्धलाई दिगो बनाउन उनलाई सुझाव दिएका छन् । उनका शुभचिन्तकहरुले फेसबुक कमेन्ट मार्फत आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
यसैबीच पत्रकार लामिछानेले विवाहपछि पोष्ट गरेको स्टाट्स र फोटोलाई कमेन्ट गर्दै खगेन्द्र भट्टराईले यस्तो भनेका छन् ।
रवि दाजुले विहे गर्नु भएछ । उहाँको अबको कार्यकाल ६३ सालदेखि बनेका ९ महिने सरकार झै नहोस्। दीर्घकालीन हिसाबले नयाँ जीवनको यात्रा सफल बनोस शुभकामना छ । वैधानिक श्रीमतीसँगको डिभोर्स भएको महिना दिन नहुँदै फेरि अर्की श्रीमती यति छिटो विहे गरेर शुभचिन्तक र समर्थकलाई यति धेरै खुसी दिनु भयो । यो खुसी बाड्ने सबैभन्दा धेरै खाडीको कुनामा बस्ने दिदीबहिनी हुने छन । उहाँहरुको जीवन पनि यस्तै यस्तै छ । धेरैले श्रीमान छोडेर कोही भौतारिएका छन् त कोही श्रीमानको कमाइ सत्यनास बनाएर भासिएका छन् । कोही भारतीय नागरिक र पासपोर्ट हातमा थमाएर घोक्रो फुट्ने गरि फेसबुकको सहयोगले कराउँदै छन् । रवि दाजुले व्यक्तिगत जीवनमा जे गर्न पाउनु हुन्छ भनेर कोही रवि दाजुको आन्तरिक मामिला जे जस्तो भए पनि सामाजिक काम देखेर सहानुभूति प्रकट गर्दैछन् । सामाजिक पाटोलाइ नियाल्दा पक्कै खोट लगाउने ठाँउ छैन। तर इशासँगको सम्बन्ध बिच्छेद र केही दिनपछिको अर्कैसँगको विहेले रवि दाजुले सामाजिक क्षेत्रमा दिएको योगदानमा केही धमिलो पन मिसिएको छ । यसका साथै इशा दिदीले लगाएको आरोप सत्य थियोकी भन्ने आशंका पैदा भएको छ। भक्तको हुलले अर्थकोअनर्थ बुझेर गालिका बाण पक्कै हान्छन होला तर महिना दिनको सम्बन्ध विच्छेदपछिको नयाँ जिवनले रविको इमानदारीतामा प्रश्न गर्ने आधारहरु प्रयाप्त भेटिएका छन ।जे जसो भएपनि फेरि अर्को रोदनको पोस्टसँगै निकीताले रविकोबारे फेसबुकको भित्तामा अलाउना बिलाउना गाउन नपरोस यहाँहरु दुबैलाइ वैवाहिक जीवनको शुभकामना छ ।

त्यस्तै राधा आचार्य अधिकारीले कमेन्ट गर्नुभएको छ ।

अब चौथो र डिभोर्सर्को कुरा नसुनाउनु होला रवि जि, नत्र महा भन्दा महा पुरुषको उदाहरण बन्नुहुनेछ, अरु त के लेखौ खै एउटा महिलाले भोगेको पीडा छोरीले बुवा गुमाउँदाको एक्लोपनमा दुःखी हौ ? या हजुरको नयाँ सम्बन्धमा खुसी हौ ? बराबर २२ तर सच्चाइ त पूर्वपत्नीले भनेकै सही रहेछ निकितासँग बिहे गर्न मलाई डिभोर्स दियो भन्ने अरु त .......किन उनको खेदो खनेको त?
.एउटीलाई थर्काउ ,
अर्कीलाई फकाउ ।
सगैकीलाई झुक्याउ ,
बाहिरकीलाई फुक्याउ ।

प्रतिक्रिया दिनुहोस