‘नारायणी र सप्तकोसी नदीमा चल्ने भयो पानी जहाज’

सोमबार, ०७ माघ २०७५, १६ : ०१
‘नारायणी र सप्तकोसी नदीमा चल्ने भयो पानी जहाज’

File Photo

चितवन । नारायणी र कोशीमा पानी सहजै जहाज चलाउन सकिने भएको छ । इन्जिनियरहरुको टोलीले नारायणीमा सानो आकारको पानी जहाज सजिलै चलाउन सकिने निष्कर्ष निकालेको हो ।
यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ’, फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक सकेर युएई, इराक, इरान र टर्कीका पानी जहाज कम्पनीमा काम गर्नु भएका नेपाली युवक निसान आचार्य बताउनु भयो ।
टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणीको अध्ययन गरेको थियो । ‘देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्म सर्भे गरेका थियौं  ।सर्भेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,’ इन्जिनियर आचार्य बताउँनु हुन्छ ।
आचार्यले नारायणीमा ३२ मिटर लम्बाई, १६ मिटर चौडाई, ८ मिटरको बिम, १.२५ मिटर ड्राफ्ट भएको यात्रुवाहक पानी जहाज चलाउन सकिने बताउनुभयो । यस्तो पानी जहाजका लागि नदीको गहिराई ३० देखि ३५ मिटर भए पुग्छ, जुन नारायणी नदीमा रहेको उहाँ बताउँनु हुन्छ । ‘३० देखि ३५ मिटर गहिराई भएको नदीमा २ सय यात्रु बोक्ने पानी सहज रुपमा चलाउन सकिने उहाँले बताउनुभयो ।
हाल नारायणगढस्थित पुललाई नचलाइ २ सय यात्रु बोक्ने पानी जहाज चलाउन सकिन्छ । ‘पानीको सतहभन्दा माथि पानी जहाजको धेरै भाग हुनुपर्छ भन्ने छैन । आवश्यकता अनुसार पानी जहाज बनाइन्छ’, उहाँले भन्नुभयो, ‘उचाई कम भएको पानी जहाज हाम्रो लागि उपयुक्त हुन्छ, जसले हालका पुललाई असर गर्दैन ।’ दुई सय यात्रु बोक्ने पानी जहाज चलाउन जहाजमा ५ जना चालक दल भए पुग्ने उहाँले जानकारी दिनुभयो ।
‘नारायणी र कोशी जस्तै नदी तथा नहर बनाएर रुस, चीन, इराक, स्वीट्जरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रमा पानी जहाज सञ्चालन भइरहेका छन् । हाम्रोमा पनि त्यही अनुसार चलाउन सकिन्छ,’ आचार्यले थप्नुभयो ।
यात्रुवाहक भन्दा मालवाहक पानी जहाज हलुङ्गो हुने बताउयनुभयो । यस कारण नारायणीमा २ हजारदेखि ३ हजार टनसम्मको मालवाहक पानी जहाज चलाउन सकिन्छ । नारायणीमा यात्रु तथा मालवाहक पानी जहाज चलाउन अहिले नै सकिँदैन । नारायणीमा कतै बढी गहिरो त कतै कम गहिरो छ । कतै बढी फिँजारिएको छ भने कतै केही साँघुरो बगेको छ ।
‘पानी जहाज चलाउन सबैभन्दा पहिला नदी मिलाउनु पर्छ । जसरी काठमाडौंको धोबी खोलालाई दुईतर्फ पर्खाल लगाएर नहर जस्तो बनाइएको छ’, आचार्यले भन्नुभयो, ‘यही शैलीमा नारायणीलाई नहर जस्तो बनाउनु पर्छ, अनिमात्र त्यहाँ पानी जहाज चलाउन सकिन्छ ।’
सप्तकोशी नदीमा पनि नारायणीमा जस्तै यात्रु र मालवाहक दुवै पानी जहाज चलाउन सकिने उहाँले जानकारी दिनुभयो । नारायणीभन्दा कोशी ठूलो भएकोले यहाँ अझ ठूलो पानी जहाज चलाउन सहज छ । कोशी–गंगामा २ हजारदेखि ६ हजार टनसम्मका पानी जहाज चलाउन सकिने उहाँको भनाई छ  । आचार्यका अनुसार सप्तकोशीदेखि गंगासम्मको दूरी २ सय ७० किलोमिटर । यी दुई स्थानबीचको सडक दूरी मात्र एक सय ७० किलोमिटर छ ।

 

प्रतिक्रिया दिनुहोस