फिस्लीङबाट त्रिशुलीमा ट्रक खस्यो, चालक बेपत्ता

सोमबार, ०७ माघ २०७५, ०६ : ५१
फिस्लीङबाट त्रिशुलीमा ट्रक खस्यो, चालक बेपत्ता

File Photo

चितवन । पृथ्वीराजमार्ग अन्तरगत ईच्छाकामना गाँउपालिका ४ फिस्लीङबाट गएराती त्रिशुली नदीमा ट्रक खस्दा ट्रकका चालक बेपत्ता भएका छन् ।
चितवनबाट नुवाकोटतफतर्फ जाँदै गरेको भुस बोकेकोे ना ३ ख १८३ नम्बरको ट्रक आफै अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ बर्षर्यी तुलबहादुर गुरुङ बेपत्ता भएका हुन् ।
ट्रकका सहचालक ईच्छाकामना गाउँपालिका बस्ने बर्ष २० का सुरज गुरुङ नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनुभयो । बेपत्ता चालक गुरुङको खोजी कार्य भईरहेको चितनवन प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस