बार्सिलोनाले सहज जित निकाल्दा मेस्सीको  ४ सय गोल पुरा

एजेन्सी

सोमबार, ३० पुस २०७५, ०९ : ५६
बार्सिलोनाले सहज जित निकाल्दा मेस्सीको  ४ सय गोल पुरा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइवारमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार बार्सिलोनाले एइवारमाथि ३–० को जित निकाल्दै शीर्ष स्थानको अग्रता ५ अंक पुर्‍याएको छ ।

बार्सिलोनालाई सहज जित दिलाउन लुइस स्वारेजले २ तथा कप्तान मेसीले १ गोल गरे । कप्तान मेसीले लिगमा गरेको यो ४००औं गोल हो ।

एकपक्षीय खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट सुरूवाती अग्रता लिएको बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । थप आक्रमक खेलेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्‍यो ।

खेलको ५३औं मिनेटमा कप्तान मेसीले लुइस स्वारेजको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । मेसीको यो ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल हो । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोल पुरा गरेका हुन् । सन् २००५ मा बार्सिलोना भित्रिएका मेसीले १४ वर्षमा ४०० गोल पुरा गरेका हुन् ।

खेलको ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अगाडि बढ्यो ।
त्ययसपछि पनि बार्सिलोनाले पाएका केही राम्रा अवसरहरू खेर फाल्दा अग्रता बढाउने मौका खेर फाल्यो ।

यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा ५ अंकले अघि छ ।

प्रतिक्रिया दिनुहोस