७३ वर्ष पहिला चीनका प्रधानमन्त्री चाउ एन लाई हिउँको चिसो हावासँगै बेइजिङ एयरपोर्टमा उभिएका थिए । उनको वरीपरि थिए चिनियाँ कम्युनिष्ट पार्टीका केहि प्रतिनिधिहरु र वरिष्ठ सरकारी र सैनिक अफिसरहरु ।
दिउँसो भइसकेको थिएन । त्यो दिन थियोे १२ फरवरी, १९७२ । पटक पटक उनको नजर आउँदै गरेका हवाइजहाज खोज्थे । आउदै गरेको जहाजमा आइरहेका थिए रिचर्ड निक्सन, चीनको यात्रा गर्ने पहिलो अमेरिकी राष्ट्रपति ।
त्यो दिन राष्ट्राध्यक्ष आउने जस्तो कुनै तामझाम थिएन बेइजिङ एयरपोर्टमा । न कुनै रेड कार्पेट न दुबै देशको राष्ट्रिय धुन बजाउन तम्तयार कुनै सैनिक ब्याण्ड ।
अमेरिकी पाहुनाको स्वागतको लागि परम्परागत २१ तोपको सलामी दिनको लागि कुनै तोप पनि थिएनन ।
एयरपोर्टको टर्मिनल भवनमा फहराइ रहेका चीनी र अमेरिकी झण्डाबाट अलिकति संकेत मिल्थ्यो कि कुनै ठूलो कुटनीतिक क्षणको सबैलाई प्रतिक्षा छ ।
आकासमा राष्ट्रपति निक्सनको विमान देखियो । त्यो समयमा एयरफोर्स वन जाँदैन थियो । त्यसको नाम थियो स्पिरिट अफ ७६ । छिटो छिटो सिढी लगाइयो । पुरा विश्वको ध्यान ढोकामा थियो ।
उर्जावान निक्सन तीब्र रुपमा सिढीबाट उत्रन सुरु गरे । उनी आफ्नो स्वागत गर्न बसेका व्यक्तिसंग हात मिलाउन यति हतारिएका थिए कि उनले ढोकाबाट बाहिर निस्कने बित्तिकै आफ्नो हात अगाडि बढाए ।
तल उभिएका चाउ एनलाईले त्यो समयसम्म आफ्नो हात अगाडि बढाएनन जब सम्म निक्सनले चीनको जमिनमा टेकेनन् ।
त्यसपछि पनि उनी आफ्नो हात धेरै माथि उठाउन सकेनन् । किन कि धेरै पहिला एक लडाइमा लागेको चोटका कारण उनी आफ्नो हात माथि उठाउन सक्दैन थिए ।
चाउ एन लाई धेरै खुशी देखिएका थिएनन् । उनलाई थाह थियो कि उनले विश्वको सबैभन्दा ठूलो साम्राज्यवादी लाई स्वागत गरेर धेरै ठूलो जोखिम उठाइरहेका छन् ।
चाउले यो सुनिश्चित गरेका थिए कि दोस्रो दिन उनको निजी फोटोग्राफरले मात्र खिचेका फोटो पत्रपत्रिकामा आउन् । जसमा निक्सन आफ्नो हात बढाउँदै तल उत्रेको र तल उभिएका चाउ मुस्कुराउदै आफ्नो हात बाँधेर उनको प्रतिक्षा गरिरहेको प्रष्ट देखिएको थियो ।
रात्री भोजमा पनि गिलास उठाउँदा उनले राष्ट्रपति निक्सन र उनको हातको उचाइँ बराबर होस् ।
चाऊको सबैभन्दा ठूलो खुबी
आम मान्छेहरुलाई यो अनावश्यक विवरण लाग्न सक्छ । तर यीनै विवरणमा चिनियाँ कुटनितिको सुक्ष्म भाषा लुकेको हुन्छ । चाउ एन लाईको जीवनी लेख्ने गाओ वेनकियान लेख्छन् कि चाउले अमेरिकी राष्ट्रपतिको आगमनभन्दा पहिला यी सबै कुराको अभ्यास गरेका थिए ।
उनले पहिला नै निश्चिय गरेका थिए कि उनी अमेरिकी राष्ट्रपतिसँग न त धेरै घुलमिल गर्ने छन् न त धेरै टाढा हुनेछन् । उनीसँग भेट्दा न त धेरै खुशी हुने छन् न त वेवास्ता गर्ने छन् । चाउ एनलाईमा एउटा खुबी थियो कि नेता माओ के सोचिरहेका छन् अथवा के सोच्नेवाला छन् भन्ने थाहा पाउँथे ।
अमेरिकाका पूर्व विदेश मन्त्री हेनरी किसिंजरले आफ्नो आत्मकथा वाइट हाउस इयर्समा चाउ एनलाईको बारेमा लेखेका छन्, ‘जब मैले पहिलो पटक १९७१ मा भेटेको थिए त्यो समयमा उनी चीनयाँ कम्युनिष्ट आन्दोलनको नेता बनेको ५० बर्ष भएको थियो । चाहे दर्शन, ऐतिहासिक विश्लेषण, रणनीति, संस्मरण अथवा हाजिरीजवाफ सबैमा उनको राम्रो ज्ञान थियो । उनको विशेष गरेर अमेरिकाको विषयमा र मेरो पृष्ठभूमिको बारेमा अद्धभुत जानकारी थियो । उनको एक पनि शब्द खेर फाल्दैन थिए । यसबाट प्रष्ट हुन्थ्यो कि उनी कति परिपक्क छन् भनेर ।’
माओका नम्बर दुई
भारतका पूर्व विदेश मन्त्री नटवर सिंहको मनमा चाउ एनलाईलाई धेरै इज्जत छ । उनले बीबीसीसंग कुरा गदै भने ‘उनको बराबरमा विश्वमा बीसौ शताब्दीमा कुनै कुटनितिज्ञ जन्मेको छैन । जादु नै थियो उनमा । उनमा जनसम्पर्क र कुटनीति ज्ञान जति थियो अरु कसैमा थिएन ।’
तर केहि राजनीतिक विश्लेषकको नजरमा चाउ एनलाईको राजनीतिक जीवन पुर्ण रुपमा दागरहित थिएन ।
उनका जीवनीकार गोओ वेन क्विन लेख्छन्, ‘चाउ भित्तामा एक सामान्य प्वाल खोज्नमा निपूर्णमा थिए । जसबाट मानिसहरुलाई आफूले लिने निर्णय तटस्थ छ भनेर सम्झाउन सकून् । वास्तवमा उनी माओका विश्वासपात्र थिए । आफ्नो दोषबाट बच्नको लागि अतिरञ्जनाको प्रयोग गर्न हिच्किचाउँदैन थिए । ’
उनको राजनीतिक अस्तित्व यसकारण पनि बनिरह्यो कि उनले माओको अधिनता बिनाहिचकिचाहट स्वीकारेका थिए । उनी सधै माओका अभिन्न सहायक भए तर उनले सधै उनको तिरस्कार गरे । उनले किहल्यैपनि राजनीतिक जोखिम उठाएनन । यसकारण उनी सधै माओका दुई नम्बर बनिरहे ।’
पहिलो अक्टोबर परेड
भारतका विदेश मन्त्रालयका सचिव र सत्तरीको दशकमा चीनमा भारतका शार्डी अफेयरर्स लखनलाल मेहरोत्रालाई १९५५मा चाउ एनलाईसँग भेट्ने मौका मिलेको थियो । जब उनी एक भारतीय विद्यार्थीहरुको प्रतिनिधिमण्डलका सदस्यको रुपमा चीन गएका थिए ।
मेहरोत्रा सम्झन्छन्, ‘म इलाहावाद विश्वविद्यालयको विद्यार्थी थिए । मलाई चीन जाने विद्यार्थीको सांस्कृतिक प्रतिनिधिमण्डलमा छानिएको थियो । जब हामी चीन पुग्यौँ सबै डेलीगेशनको साथमा पेकिंग होटलमा बसालियो । पहिलो दिन हामी खाना खान तल आयौ त चाउ एनलाई हाम्रो टेबलमा आएर बसे । उनले हामीलाई सोधे कि तपाईंहरु मध्य कति जना शाकाहारी हुनु हुन्छ ?अर्को प्रश्न गरे तपाईहरुलाई खाना सन्तोषजनक रुपमा दिएको छ कि छैन ? हामी मध्ये केहिले यहाँ हामीलाई मनपरेको छ्रैन । त्यसपछि हामी जहाँ गएपनि राम्रो शाकाहारी खाना दिइयो । यसले दर्शाउछ कि उनी साना साना कुरामापनि ध्यान दिन्थे ।’
लखन मेहरोत्रा भन्छन्, ‘दोस्रो दिन अथवा अक्टुरमा जब परेड भयो हामीलाई चीनका शीर्ष नेताहरुको बक्समा लिइयो । ११० देशका डेलिगेशन चीन आएका थिए । उनीहरु एक पछि एक तियानमेन स्कवायरको अगाडिबाट हिँडिरहेका थिए । हाम्रो डेलिगेशन जब त्यहाँ बाट जादै थियौ त परेडको नियन्त्रण गर्ने मान्छेले हामीलाई भन्यो कि तपाईहरु अलग्गै आउनुहोस् । हामीलाई फारबिडन सिटीमाथि लगियो । जहाँबाट पूरा पोलिटब्युरो परेड हेरिरहेको थिए । त्यहाँ चाउ एनलाईले आफै आएर हामीहरुलाई माओसँग भेट गराए ।’
भारत भ्रमण
चाउ एनलाईको यहि खुबिको कारण विश्वभरीका पत्रकारहरु र राजनीतिक विश्लेषक उनका प्रशंसक थिए ।
पत्रकार जैक एन्डरसनले आफ्नो पुस्तक कनफेशन अफ ए मकरेकर मा लेखेका छन्, ‘मेरो दिमागमा चाउ एनलाईको जुन सम्झना रहेको छ त्यो ४५ बर्ष उमेरमा पनि उनको सुन्दर अनुहार र गजबको बौद्धिकता । उनी दुब्ला थिए तर धेरै मेहनति पनि थिए ।’
उनको जीवन धेरै सादा थियो तर उनी धेरै सजिला मान्छे थिए । उनको उठ्ने बस्ने तरिका धेरै सुन्दर थियो । फ्रेन्च र चिनियाँ भाषामा उनको समान ज्ञान थियो । अमेरिकी विदेश विभागका विशेषज्ञ वाँल्टर राँबर्टसनले उनको बारेम एक पटक भनेका थिए कि उनी जस्तो मनमोहक, बौद्धिक र आकर्षक मान्छे कुनैपनि प्रजातिमा पाउन मुश्किल थियो ।’
१९६० मा चाउ एनलाई भारत आएका थिए । १९६२ को युद्ध टार्ने उनको तर्फबाट धेरै कोशिश भयो । तर जवाहरलाल नेहरुसँग उनको वार्ता असफल भयो । नेहरुले भने कि उनको मन्त्रीमण्डलका वरिष्ठ सदस्य भारतको पक्ष राख्नको लागि उनलाई भेट्ने छन् । चाउ एनलाईले भने कि ती मन्त्रीहरुसँग भेट्न म आफै तिनीहरुकोमा जान्छु । त्यो यात्रामा पूर्व विदेश मन्त्री नटवर सिंह चाउ एलनलाइको सम्पर्क अधिकारी थिए ।
भारत–चीन सम्बन्ध
नटवर सिंह सम्झन्छन्, ‘जब उनी उप–राष्ट्रपति राधाकृष्णन, पण्डित पंत र मोरारी देसाइलाई भेट्न गए, उनीसँग म थिए । चाउ एनलाई र मोरारजी देसाईको बैठक धेरै नराम्रो भयो । उपराष्ट्रपतिसँगको बैठक पनि सफल भएन । पंतजीसँगको भेटघाट ठीकै भयो । एक दिन पत्रिकामा कार्टुन छापियो जसमा चाउलाई एउटा कोब्रा सर्पको रुपमा देखाएको थियो ।’
‘उनले मलाई सोध्नु भयो यस्तो किन भइरहेको छ ? मैले भने यहाँ पत्रकार नेहरुलाई पनि छोड्दैनन । चाउले भने – के तपाईको नजरमा यो काम गर्ने तरिका सहि हो । म चुप रहे । त्यसपछि अरु सम्बन्ध बिग्रदै गयो । भारत–चीन सम्बन्धको पहल संसदमा गयो । नेहरु रिसाए ।’
यहि यात्राको समयमा चिनियाँ दुतावासबाट राष्ट्रपति भवन आउँदा राजपथमा चाउ एनलाई चढेको कार बिग्रियो ।
नटवर सिंह सम्झन्छन्, ‘चाउ एनलाइ लाई सडकमा उत्रेर अर्को कारको प्रतिक्षा गर्नु प¥यो । म उनको छेउमा बसेको थिए । सुरक्षा अधिकारी भारतीय रामनाथ काव थिए । जो पछि भारतीय खुफिया एजेन्सी ‘रअ’को प्रमुख बने । उनी अगाडिको सिटमा बसेका थिए ।’
भारतप्रतिको रुख
नटवर सिंह भन्छन् ‘हामी दुबै जनालाई लाज लाग्यो कि चाउ एनलाई सोचिरहेका होलान कि भारत कस्तो तुच्छ देश रहेछ । जसले विदेशी पाहुनालाई राम्रो गाडी पनि उपलब्ध गराउन सक्दैन । तर चाउ एनलाईको हावभावबाट यस्तो केहि लागेन ।’
तर, १९७३ आउँदा आउँदै चाउ एनलाईको भारत प्रतिको हेराइ पुर्णरुपमा पविर्तन भइसकेको थियो । अथवा त्यसको सुरुवात भइसकेको थियो ।
त्यो समयमा चीनमा भारतका शार्डी अफेयर्स लखनलाल मेहरोत्रा एउटा किस्सा सुनाउँछन् । ‘भुटटो बेइजिङ आउँदै थिए । चाउ एनलाई उनलाई स्वागत गर्न एयरपोर्ट गएका थिए । हामी पनि त्यहि थियौ । हामी सबैसँग हात मिलाएर उनी जहाजको नजिक गए । ’
त्यहाँ बाट अचानक फर्केर आए र उनले मेरो काँध र गर्दन थपथपाएर मलाई भने मिस्टर शार्डी अफेयर्स, प्लीज टेल इन्दिरा एवरी थिङ विल बी फाइन (दुत महोदय तपाई इन्दिरालाई भनिदिनु होस कि सबै कुरा ठिक हुनेछ ) । दुई कुरा महत्वपूर्ण थिए । उनले इन्दिरा शब्दको प्रयोग गरे । प्रधानमन्त्री शब्दको होइन । यस शब्दमा धेरै माया झल्कन्थ्यो । उनी पूराना दिनहरु सम्झि रहेका थिए । जब उनी नेहरुलाई भेट्थे । प्रायः इन्दिरा उनको साथमा हुन्थिन । दोस्रो उनी मलाई यो विशेष कुरा भन्न म कहाँ आएका थिए ।’
कश्मिरको प्रसङ्ग
त्यसपछि अलि गडबढ भयो । त्यो रात चाउ भुट्टोलाई भोज दिँदै थिए ।तर अचानक उनी बिमारी भए ।
मेहरोत्रा सम्झन्छन्, ‘मलाई पनि त्यो भोजमा बोलाएको थियो । चाउ एनलाई को ठाउँमा आए देङ स्याओपिङ ले भाषण गरे र उनले त्यहाँ कश्मिरीहरुको स्वायत्तताको प्रसङ्ग उठाए । मैले विरोधस्वरुप त्यो भोजको वाक आउट गर्नुप¥यो ।’
तर दोस्रो दिन मामला सम्हालियो । दोस्रो दिन जब भुट्टोले चाउको सम्मानमा भोज दिए त्यो भोजमा कश्मिरको प्रंशग उठाएनन् । बरु भुट्टो स्वयम् म भएको ठाउँमा आएर भने कि तपाईहरु उठेर किन बाहिर जानु भयो ? मैले सोचे कि तपाई दुबैजना ट्वाइलेट जानु भयो । मेरो श्रीमतिले तुरुन्त जवाफ दिइन् कि हाम्रोमा महिला पुरुषसँगै ट्वाइलेट जाँदैनन् । यो सुनेर भुट्टोले मुख अकै बनाए ।’
उनको मृत्यु
आफ्नो मृत्यु भन्दा पहिला चाउ एनलाईले सुनिश्चित गरे कि भारत र चीन को सम्बन्धमा राजदूत स्तरमा फेरि क्रा होस् । उनको प्रयास थियो कि के आर नारायणन, जो पछि भारतका राष्ट्रपति भए, चीनमा भारतका राजदूत बनेर जाउन् ।
१९७५मा चाउ एनलाई गंम्भीररुपमा विमारी भए । उनको पेटमा क्यान्सर भयो । अन्तिम पटक उनी आफ्नो कपाल कटाउन आफ्नो हजाम जु दिन हुआकोमा गए । उनले जुलाई भने ‘हिँड मसँग फोटा खिचौँ ।’ तर त्यहाँ कुनै फोटोग्राफर थिएन ।
तीन महिनापछि उनका नाइले उनलाई खबर पठाए कि ‘के म प्रधानमन्त्रीको कपाल काट्न आउन सक्छु ?’
चाउ एनलाईले जवाफ दिए‘उसलाई यहाँ आउन नदिनु,मलाई यस्तो अवस्थामा देखेर उ दुखी हुने छ ।’
८ जनवरी १९७६ को बिहान ९ बजेर २५ मिनेटमा चाउ एनलाईले यो दूनियाँ सधैको लागि छाडेर गए ।(बीबीसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ पुस २०७४, १७ : २३
लेखकबाट थप