काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसी पुनः आन्दोलित बनेका छन् । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा शशि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएपछि केसी आन्दोलित भएका हुन् ।
केसीले मंगलबार पत्रकार सम्मेलन गरेर पुन अनसन बस्ने घोषणा गरेका छन् । उनी आजै ४ बजेदेखि अनसनमा बस्ने बताइएको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस