काठमाडौं । स्वास्थ्य मन्त्रालयले जाजरकोट र हुम्लामा १२ जनाको मत्यू भएको विषयमा जानकारी गराएको छ ।
स्वास्थ्य विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोगनियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले दुबै जिल्लामा रुघाखोकी र ज्वरोबाट बिरामीको मृत्यु नभएको बताएका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै जाजरकोटमा ६ जनाको मृत्यूको कारण ज्वरो तथा रुघाखोकी नभई अन्य कारणले भएको जनाएका छन् ।
एक जनाको क्षयरोग र ५जना बृद्धाबृद्धको दमको कारण र अरुको क्रोनिक एब्डोमिनल पेन अर्थात अत्याधिक पेट दुखाईबाट मृत्यू भएको महाशाखाको भनाई छ ।
प्रभावित स्थानमा स्वास्थ्यकर्मीको ३ वटा टोली बनाई प्रकोप व्यवस्थापनको कार्य भईरहेको पनि महाशाखाले जनाएको छ ।
प्रकोप व्यवस्थापनको लागि आवश्यक पर्ने औषधि मौज्दातमा रहेको र औषधि अभाव भएमा महाशाखा वा क्षेत्रिय मेडिकल स्टोरबाट माग गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिईसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस