काठमाडौँ । आफूलाई डाक्टर र विद्धान अर्थमन्त्री दावी गर्ने डा. युवराज खतिवडाका कारण नेकपाको सरकार डुब्ने अवस्था आएको छ । डा. खतिवडाको ज्यादतीका कारण दुई तिहाईको सरकार कमजोर बनेको सर्वत्र चिन्ता व्यक्त गरिएको छ । साम्राज्यवादको इशारामा कम्युनिस्ट नेतृत्वको सरकार असफल बनाउन योजनावद्ध रुपमा परिचालित डा. खतिवडाको राजीनामाको चर्को माग पार्टी भित्र र बाहिर उठन थालेपछि उनले पछिल्लो दिनमा केही नाटक गर्न थालेका छन् । सफल भए मेरो कारणले सरकार सफल भएको दावी गर्दै बस्ने, असफल भए यी मैले तिमीहरुको काम र योजना सफल बनाइदिए नी भन्दै विश्व बैंक, एशियाली विकास बैंकको जागिर खान पानका लागि मात्रै बायोडाटा बनाइरहेका अर्थमन्त्रीलाई तत्काल बर्खास्त गर्न शेयर लगानी कर्ता दबाव समूह आन्दोलनमा रहेको छ । सो समूहले अर्थमन्त्री डा. खतिवडा माफियाको राजा भएको बताउँदै आएको छ । राष्ट्र बैंकका निर्देशक रहेका आफ्ना छोरी ज्वाई रामशरण खरेललाई सल्लाहकार बनाएर उपद्रप गरिरहेका डा. खतिवडालाई नहटाएर सरकार पूर्ण रुपमा असफल हुने नेकपा भित्र चर्को बहस भइरहेको छ ।
जताततैबाट असफल भएपनि उनै खतिवडाले राजस्व सचिब शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गराएका छन् । उनको स्थानमा प्रधानमन्त्री कार्यालयमा सचिब लालशंकर घिमिरेलाई राजस्व सचिब बनाएर अर्थमन्त्रालय ल्याइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडासँग मिलेर काम गरिरहेका ढुंगानालाई किन प्रधानमन्त्री कार्यालय लगियो भन्ने प्रश्न अहिले सर्बत्र छ । तर, यसअघि अर्थमन्त्रालयमै रहेका लालशंकर घिमिरेले अर्थमन्त्रालय जान चाहेका कारण यो सरुवा भयो भन्ने अर्काेथरी हल्ला पनि छ । अर्थसचिब अहिले डा. राजन खनाल छन् । डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि डा. खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्रालय ल्याइएको थियो ।
तर, पछिल्ला केही महिनायता डा. खनालले अर्थमन्त्रालयमा त्यति नरमाएको अर्थकै कर्मचारी बताउँछन् । तर त्यसमा अर्थमन्त्री खतिवडाले कोही कसैलाई नर्टेने र कोही कसैलाई गन्दै नगन्ने प्रवृत्ति रहेको छ । काम गर्न खोज्ने कर्मचारीलाई हतोत्साही बनाइएको छ ।
‘सुरुमा राजन खनाल उत्साहका साथ काम गर्ने भन्दै अर्थ मन्त्रालय आएका थिए । तर डा. खतिवडाकै कारण उनको उत्साह समेत सेलाएको अर्थ मन्त्रालयका कर्मचारी बताउँछन् । केही समय अगाडि डा. खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएर जान चाहेको हल्ला पनि सार्बजनिक भएको थियो । तर, सरकारले डा. खनाललाई अख्तियारको आयुक्त भने बनाएन । खतिवडा अर्थमन्त्री बनेपछि मन्त्रालय आएकी सहसचिब चन्द्रकला पौडेललाई पनि पछिल्लो पटक खेदिएको छ । अर्थबाट उनलाई भूमिसुधार मन्त्रालय लखेटिएको छ । उनी त्यता लेखेटिएको करिब चार साता भएको छ । पौडेललाई राजस्व तालिम केन्द्रबाट अर्थमन्त्रालयमा ल्याइएको थियो । मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको पौडेललाई अर्थमन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि दिइएको थियो । पौडेल सरुवा भएर गएपछि अर्थमन्त्रालयले प्रवक्ताको जिम्मेवारी प्रशासन महाशाखा प्रमुख सुमन दाहाललाई दिएको छ । दाहाल विगतमा भ्रष्टाचारमा गन्हाएका व्यक्ति भन्दै अर्थमन्त्रालयमा व्यापक हल्ला हुने गरेको छ । समाचार स्रोतहरुले अर्थमन्त्रालय अन्तरगतका केही विभागका प्रमुखहरु पनि परिवर्तन गर्न लागिएको छ । हुन सक्ने दाबी गरेका छन् ।
अर्थमन्त्रालयका प्रभावशाली विभागहरुमा भन्सार र आन्तरिक राजस्व विभाग हुन् । डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि भन्सार विभागका तत्कालिन महानिर्देशक जगदीश रेग्मीलाई हटाएर तोयम राय र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक किशोरजंग कार्कीलाई हटाएर विष्णु नेपाललाई महानिर्देशक बनाइएको थियो । भन्सार विभागको परफरमेन्सप्रति अर्थमन्त्री डा. खतिवडा सन्तुष्ट रहेको बताइन्छ । तर आन्तरिक राजस्व विभागका महानिर्देशक नेपालप्रति भने उनी त्यति सन्तुष्ट नरहेको बताइन्छ । आफ्नो गल्तीमा अरुलाई बलिको बोका बनाउन डा. खतिवडाले साजिस सुरु गरेको बताइन्छ । डा. खतिवडाले आफ्नो असफता ढाकछोप गर्न इमान्दार कर्मचारीलाई धमाधम अन्य मन्त्रालय वा विभागमा धकेल्न थालेका छन् । अर्थमन्त्रीको रुपमा प्रभावकारी काम गर्न सकेनन् भन्दै पार्टीभित्र पनि आलोचना हुदै आएको छ । - जन आहवान साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ पुस २०७५, १४ : १३
लेखकबाट थप