एनआईसी एशिया बैंक लिमिटेडको“साथी”सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०७५, १९ : ४७
एनआईसी एशिया बैंक लिमिटेडको“साथी”सञ्चालनमा

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको आफ्नो मुलनारा “बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई ग्राहकहरुको थप सुविधामा उपभोग गर्ने अभिप्रायले बंंैकको सामाजिक संञ्जाल फेसबुक अन्र्तगत “साथी” नामक बैंकको आफ्नो च्याटबोट संञ्चालनमा ल्याएको छ ।

“साथी” नामक उक्त च्याटबोट मङगलबारबाट सञ्चालनमा रहेको छ । यस “साथी” च्याटबोट मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस