आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०७५, १३ : २६
आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राही मूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित हुनुभएको हो । सेवाग्राही मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गर्नु भएको छ  । आइएमई केन्द्रीय कार्यालय पानी पोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्र राज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी ममता मयी माता चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राही मुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुई जना विजेता घोषित भइसक्नु भएको छ ।

आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राही मूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनु भएका लाखौँ सेवा ग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो । योजना अवधि भर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरी ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत एक हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवा ग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई बिस लाख रुपैयाँ नगद प्रदान गर्ने गरी कार्यक्रम तय गरिएको थियो । नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवा ग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापना काल देखि नै गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस