सुदूरपश्चिम खप्तड गोल्ड कप हुने

विहीबार, ०५ पुस २०७५, १९ : ०१
सुदूरपश्चिम खप्तड गोल्ड कप हुने

धनगढी । सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजनजा गर्न लागिएको हो । 
आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, एउटा विदेशी टिम, मोफसलका चर्चित फुटबल टिम र सुदूरपश्चिम–११ को सहभागिता रहने छ । विजेताले पुरस्कार स्वरुप रु २१ लाख र उपविजेताले रु १० लाख, ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु दश हजार पुरस्कार दिइनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस