एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको बुढि बजारमा

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १७ : १५
एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको बुढि बजारमा

पोखरा । एनआई सी एशिया बैंकले पोखराको बुढिबजारमा नयाँ शाखा विस्तार गरेको छ । बिहिबार पोखरा महानगरपालिका वडा नम्बर २६, बुढिबजार कास्कीस्थित बुढिबजार शाखाको एनआई सी एशिया बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गर्नुभएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६८ शाखा कार्यालयहरु, २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय १२ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६९ अर्ब तथा कर्जा रू. १ सय ४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचनाअधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस