चितवनमा भइरहेको जङगली जनावरको आक्रमण रोक्न प्रयत्नशील छु : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १५ : २८
चितवनमा भइरहेको जङगली जनावरको आक्रमण रोक्न प्रयत्नशील छु : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माडीको विकास र त्यस क्षेत्रमा जङ्गली जनाबरबाट हुने गरेका आक्रमण रोक्न प्रयत्नशील रहेको बताएका छन् ।
माडी नगरपालिका–९ मा बुधबार दिउँसो जंगली हात्तीको आक्रमणबाट २ जना महिलाहरु कृष्णकली पौडेल र सुशीला भण्डारीको ज्यान गएको घटनामा गहिरो दुःख व्यक्त गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । साथै अध्यक्ष प्रचण्डले आक्रमणबाट भएको जनधनको उचित क्षतिपूर्ति र जंगली जनावरबाट भइरहेका यस प्रकारका घटनाहरु रोक्न पहल गरिरहेको जानकारी दिएका छन् ।
बुधबार प्रचण्डले एक शोक नोट जारी गर्दै उक्त जानकारी दिएका हुन् । यस्तो छ अध्यक्ष प्रचण्डले बुधबार साँझ जारी गरेको शोक नोटिस ।
माडी नगरपालिका–९ मा आज दिउँसो जङ्गली हात्तीको आक्रमणबाट २ जना महिलाहरु कृष्णकली पौडेल र सुशीला भण्डारीको ज्यान गएकोमा गहिरो दुःख प्रकट गर्दछु । उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । आक्रमणबाट भएको जनधनको उचित क्षतिपूर्ती र जङ्गली जनाबरबाट भइरहेका यस प्रकारका घटनाहरु रोक्न पहल गरिरहेको जानकारी गराउँदछु ।
 

प्रतिक्रिया दिनुहोस