मोनाकोलाई हराउँदै एटलेटिको अन्तिम १६ मा

एजेन्सी

विहीबार, १३ मंसिर २०७५, ०९ : २२
मोनाकोलाई हराउँदै एटलेटिको अन्तिम १६ मा

एजेन्सी । स्पेनिस टोली एट्लेटिको म्यड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोल फ्रेन्च टोली मोनाकोलाई २–०  गोलले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन कोके र एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै कोकेले गोलगर्दै घरेलुु सर्मथकको उत्साह बढाए । त्यसपछि २४औं मिनेटमा ग्रीजम्यानले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलभर एट्लेटिकोको दवाव झेलेको मोनाकोले ८३औं मिनेटमा पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेन । पेनाल्टीमा राडमेल फल्काओ चुकेका थिए । डिबक्स भित्र एट्लेटिकोका स्टेभेन साभिकले ह्याण्ड गरेपछि मोनाकोले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि स्टेभेन दोहारो पहेंलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सकेटिएको थियो । तरपनि मोनकोले केही गर्न सकेन ।

जितसँगै समूह ए मा रहेको एट्लेटिकोले १२ अंक बनाएको छ । एक अंकमा समेटिएको मोनाको बाहिरिएको छ । यस समूहबाट जर्मन टोली बोरुसिया डर्टमन्डले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।

बुधबार राती नै भएको अर्को खेलमा डर्टमन्डले बेल्जियम टोली क्लब बर्गलाई गोलरहित बराबरीमा रोकेको थियो । बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको डर्टमन्डले १० अंक बनाएको छ । पाँच अंक बनाएको क्लब बर्ग पनि बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस