घाँस काट्न जाँदा हात्तीको आक्रमण : एकको मृत्यु, एक बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १२ मंसिर २०७५, १६ : ३८
घाँस काट्न जाँदा हात्तीको आक्रमण : एकको मृत्यु, एक बेपत्ता

चितवन । चितवनको माडी नगरपालिका ९ स्थित रिउ खोलामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । 
माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी घाँस काट्नको लागि रिउ खोला किनार गएकी थिइन् । उनको खोला किनारमै शव भेटिएको प्रहरीको भनाइ छ । 
उनीसँग घाँस काट्न गएकी ६० वर्षकी तृष्णाकाली पौडेल बेपत्ता भएकी चितवन प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको र हालसम्म उनको अवस्था पत्ता नलागेको प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस