आइतबारदेखि खैरहनी महोत्सव

सफल खबर संवाददाता

मंगलबार, ११ मंसिर २०७५, १७ : ५९
आइतबारदेखि खैरहनी महोत्सव

चितवन । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १६ गते आइतबारदेखि २४ गतेसम्म प्रथम खैरहनी महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योग वाणिज्य संघ खैरहनीले महोत्सवबारे जानकारी दिएको हो ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्वअध्यक्षहरु बलराम अर्याल, गुणराज श्रेष्ठ, केशव पाठक लगायतले महोत्सवबारे जानकारी गराएका थिए । खैरहनी नगरपालिका वडा नम्बर २, लदरा खोला किनारमा हुने महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने छन् । महोत्सवको उद्घाटन प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले गर्नु हुनेछ ।

महोत्सवको प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्ने र महोत्सवबाट ५० लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस